
काठमाडौं – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले हिउँले ढाकिएको पहाडमा घोडा दौडाएको तस्वीर त्यहाँको समाचार संस्थाले सार्वजनिक गरेको छ ।
किम ठूलो सेतो घोडामा चढेर माउन्ट पाएक्तु गएको तस्वीरमा देखिन्छ । उक्त पहाड उत्तर कोरिया र चीनको सिमानामा पर्छ ।
यी तस्वीरहरू कहिले लिइएका हुन् भन्ने प्रस्ट छैन तर तिनीहरूलाई आज सार्वजनिक गरिएको हो । त्यसमा किम निकै खुशी भएर घोडा दौडाइरहेको देखिन्छ ।
किमले बाक्लो कोट र न्यानो पंजा लगाएर जाडोबाट जोगिएको देखिन्छ ।
उनले पहाडअगाडि उभिएर क्यामरातर्फ हेरेर चौडा मुस्कान दिएको पनि देखिन्छ ।
किमलाई घोडा दौडाउन एकदमै रुचि लाग्ने बताइन्छ ।



एजेन्सी