काठमाडौं– काठमाडौंमा भइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा समाजवादी पार्टी निकटको 'नेपाली समाज'ले कुमार पन्त नेतृत्वको प्यानललाई समर्थन गर्ने भएको छ ।
नेपाली समाजले कुमार पन्तको प्यानललाई समर्थन गर्न लागेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा आज नयाँ कार्यसमितिको लागि आज निर्वाचन भइरहेको छ ।