२२ असार २०८३, सोमबार

उपनिर्वाचनबारे छलफल गर्न कात्तिक ७ गते कांग्रेस केन्द्रीय समिति बैठक

कात्तिक १, २०७६
उपनिर्वाचनबारे छलफल गर्न कात्तिक ७ गते कांग्रेस केन्द्रीय समिति बैठक
फाइल फोटो

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ७ गते बिहीवार बस्ने भएको छ ।

मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक दिउँसो २ बजे बीपी स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनुरोधसमेत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्