
लाहान – सिराहाको भगवानपुर गाउँपालिका वडा नम्बर ४ मा रहेकाे एक गोदाममा छापा मारी प्रहरीले १४ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लाहानका डीएसपी भेषराज रिजालको कमाण्डमा खटिएको टोलीले शनिवार बिहान सो मूल्य बराबरको लत्ता कपडा, मेसेनरी पार्टपुर्जा, जुत्ता, खाद्यय सामान लगायतका सामानहरू बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय लाहानको टोलीले भन्सार छली ल्याएको मालसामान बरामद गरेको लाहान प्रहरी कार्यालयका प्रमुख डीएसपी रिजालले लोकान्तरलाई जानकारी दिए ।
विशेष सूचनाको आधारमा तस्करहरूको गोदाममा छापा मारिएको जानकारी दिँदै डीएसपी रिजालले भन्सार चोरी तस्करीविरुद्ध शून्य सहनशीलता अपनाएको समेत बताए ।