२२ जेठ २०८३, शुक्रबार

बारामा १९ किलो चाँदीसहित १ जना पक्राउ

कात्तिक २, २०७६
बारामा १९ किलो चाँदीसहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

बारा – जिल्लाको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित १ जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट गोलागञ्जबाट खटिएको प्रहरी टोलीले साहलाई विशेष सुराकीको आधारमा सो परिमाणको चाँदीसहित नियन्त्रणमा लिएको हो ।

भारतबाट बीआर०६एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताए ।

बरामद चाँदीको बजार मूल्य करीब १४ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।

बेवारिसे पेस्तोल बरामद

बाराको करैयामाई गाउँपालिका–१ स्थित जन सामुदायिक माध्यमिक विद्यालयको प्राङ्गणमा बेवारिसे पेस्तोल फेलापरेको छ । विद्यालयको उत्तरपश्चिम कुनामा रहेको सेफ्टी ट्यांकी नजिक कालो प्लाष्टिकमा बेरी ढुंगामुनि लुकाइछिपाइ राखेको बेवारिसे पेस्तोल बरामद गरेको बारा प्रहरीले जनाएको छ । 

विशेष सुराकीका आधारमा १० इन्च लामो एक थान अवैध घरेलु नलकटुवा पेस्तोल फेलापरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकासराज खनालले बताए । बरामद गरिएको सो पेस्तोलबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्