
काठमाडौं – ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी भएका सांसद पार्वत गुरुङ अदालतमा उपस्थित भएका छन् ।
गुरुङ आइतवार बिहान अदालत खुल्नेबित्तिकै जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् ।
प्रतिनिधि सभामा दोलखाबाट प्रतिनिधित्व गर्ने सांसद खड्काविरुद्ध दोलखाकै वीरध्वज खड्काले प्रहरीमा उजुरी दिएका थिए ।
जिल्ला अदालतले आइवार नै गुरुङसँग बयान लिएको छ ।