२८ जेठ २०८३, बिहीबार

रुपन्देहीमा १० लाख युरोसहित ५ जना पक्राउ

कात्तिक ४, २०७६
रुपन्देहीमा १० लाख युरोसहित ५ जना पक्राउ

काठमाडौं – रुपन्देहीमा १० लाख युरोको नोटसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालयको समन्वयमा ५ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष ब्यूरो टोलीले विदेशी मुद्राको अवैध कारोबार भइरहेको सूचनाका आधारमा १० लाख युरोको नोट बरामद गरेको हो ।

नेपाल राष्ट्र बैंक भैरहवाको टोलीले जाँच गर्दा बरामद गरिएको नोट सक्कली नै देखिएको स्रोतले जनाएको छ । बरामद नोट र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको छ ।

स्रोतका अनुसार युरो नोटसहित रुपन्देहीको सैनामैना नगरपालिका–२ बस्ने ४५ वर्षीया मिना सुनार, २७ वर्षीय रमेश सुनार, गुल्मीको धुर्काेट गाउँपालिका–२ बस्ने २४ वर्षीय राजु सुनार, नवलपरासीको बर्दघाट नगरपालिका–४ बस्ने ३० वर्षीय कमल सुनार र स्याङ्जाको गल्याङ नगरपालिका–२ बस्ने ३१ वर्षीय गणेश सुनार पक्राउ परेका छन् ।

प्रहरीले अभियुक्तको मोबाइल, ‘वान मिलियन युरो’ लेखेको त्रिभुजाकार धातु, आयताकार धातु समेत बरामद गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्