२५ जेठ २०८३, सोमबार

युवा सङ्घ रुपन्देही अध्यक्षको हत्या प्रकरण : दोषीलाई कारबाही गर्न एमालेको माग

कात्तिक २०, २०७४
युवा सङ्घ रुपन्देही अध्यक्षको हत्या प्रकरण :  दोषीलाई कारबाही गर्न एमालेको माग


काठमाडौँ, ४ पुस । नेकपा (एमाले) ले युवा सङ्घ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ ।durga tiwari

एमालेका महासचिव इश्वर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभीमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय तिवारीको हत्याले उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव बिथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको आशंका पैदा भएको जनाइएको छ ।

हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पङ्क्तिलाई पार्टी आग्रह गर्दछ विज्ञप्तिमा भनिएको छ ।

तिवारीलाई आज अपराह्न रुपन्देहीको देवदह–८ मा अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्