१३ असार २०८३, शनिबार

आलमले घाइतेहरूलाई इँटाभट्टासम्म ओसार्न प्रयोग गरेको ट्रयाक्टर फेला पर्यो

कात्तिक ६, २०७६
आलमले घाइतेहरूलाई इँटाभट्टासम्म ओसार्न प्रयोग गरेको ट्रयाक्टर फेला पर्यो

काठमाडौं।  बम विस्फोटका घाइतेहरूलाई जीउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलमले उनीहरुलाई इँटाभट्टासम्म ओसार्न प्रयोग गरिएको ट्रयाक्टर प्रहरीले सोमबार बरामद गरेको छ ।
ना १ त ६४७२ नम्बरको उक्त ट्रयाक्टर घटनाको प्रमाण मेटाउने योजनाअन्तर्गत नै अफताबका भाई महताव आलमले २०६७ असार २३ गते अर्कोला२ बिक्री गरेको प्रहरीको भनाइ छ । २०५७ जेठ २४ गते महताव आलमकै नाउँमा खरिद भएको सोही ट्रयाक्टरमा बम विष्फोटमा परेकाहरुलाई हालेर इँटाभट्टासम्म लगिएको थियो । घटनासँग जोडिएका अन्य सबै प्रमाण नष्ट गरिसकेपछि गाउँमा ट्रयाक्टरको चर्चा हुन थालेपछि त्यसलाई पनि उनले बिक्री गरेकोे प्रहरीले जनाएको छ ।

अहिले सो ट्रयाक्टर जिल्लाको देवाहीगेनाही नगरपालिका–२ करुनीया निवासी उमाशंकर साहको नाउँमा कायम गरिएको छ । अहिले  ट्रयाक्टर नम्बर प्लेट मेटेर प्रयोग गरिदै आएको थियो । सोमबार साहकै घरबाट उक्त ट्रयाक्टर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको डिएसपी नबिन कार्कीले जानकारी दिएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्