२३ जेठ २०८३, शनिबार

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण

कात्तिक ६, २०७६
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण

तम्घास –एसियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चल तथा हालको प्रदेश नं ४ र ५ को बीचमा रहेको छ । 

शालिग्रामलाई कालीगण्डकी नदीले वर्षेनी कटान गर्दा र शिलाको परिक्रमा गर्न नमिल्ने हुँदा पनि संरक्षणमा कसैले चासो नदेखाएको स्थानीयवासी केशवराज न्यौपानेले गुनासो गर्नुभयो । शिला शालिग्राम विष्णु भगवान्को अवतारका रुपमा रहेको पाइन्छ । 

शालिग्रामभित्र सुन

शिला शालिग्रामको भित्रपट्टि अचम्मको आवाज निस्कने गर्दछ । रातको समयमा प्रत्येक दिन अचम्मको घण्ट बज्ने गरेको कालीगण्डकी गाउँपालिका–२ का चन्द्रकान्त न्यौपानेले बताए। उहाँका अनुसार शिलाको भित्र सुनको खानी रहेको किंवदन्ती छ । राजा महेन्द्रका पालामा शिलाभित्र सुन छ भन्ने थाहा पाएपछि त्यसलाई फुटाउन लागेको सन्दर्भमा महेन्द राजाले रोकेको इतिहास छ ।

धार्मिक महत्व

शिला शालिग्राममा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ । त्सयका कारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, नववर्ष, असारे ठूला एकादशीमा भक्तजनको अत्याधिक चाप हुने गर्दछ । शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन् ।
 
स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिला शालिग्रामको संरक्षणमा आफूको पनि ध्यान नदिएको स्वीकार गर्नुभयो । उहाँले पर्यटकीयस्थलका रुपमा रहेको शिला शालिग्रामलाई उचित प्रचारप्रसार गरी धार्मिक महत्वका रुपमा विकास गरिने बताए। 

त्यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुख वेदबहादुर थापामगरले शिला शालिग्रामको संरक्षणका निम्ति र त्यसलाई पर्यटकीयरूपमा विकास गर्न गाउँपालिकाले उचित निर्णय लिने बताए। थापाले शिलासम्म जानका लागि सडक निर्माण, उचित प्रचारप्रसार र धार्मिक एवं पर्यटकीय रूपमा विकास गर्नका लागि संरक्षण समिति निर्माण गरी काम अगाडि बढाइने बताए।
 

salt training

कमेन्ट गर्नुहोस्