२८ जेठ २०८३, बिहीबार

गोरखपुरनिवासी भनेर भारतमा शपथ खाएका कँडेलले काठमाडौंमा भने, ‘त्यो ठेगाना साथीको हो’

कात्तिक ७, २०७६
गोरखपुरनिवासी भनेर भारतमा शपथ खाएका कँडेलले काठमाडौंमा भने, ‘त्यो ठेगाना साथीको हो’

काठमाडौं – भारत, उत्तर प्रदेशको ठुठीबारीस्थित राधादेवी इन्टर कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिक नभएको दाबी गरेका छन् ।

ठुठीबारीका पूर्वग्रामप्रधान राजेश सिंहलाई चुनावमा हराएर अध्यक्ष बनेका कँडेल उर्फ ‘मुन्नाबाबु’ को विषयमा समाचार छापिएको तेस्रो दिन बुधबार उनले कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेका थिए । 

पत्रकार सम्मेलनमा उनले भने, ‘म नेपाली नागरिकका रूपमा भारतीय कलेजको सञ्चालक समितिको चुनाव लडेको हुँ, म भारतीय भए सजाय भोग्न तयार छु ।’ तर, गैरभारतीयले भारतमा गएर कसरी चुनाव लड्न सक्छ भन्ने उनले स्पष्ट पारेनन् । भारतीय नागरिक नभएसम्म भारतमा निर्वाचन लड्न त्यहाँको संविधान र कानुनले निषेध गरेको छ । 

समाचार छाप्ने नयाँ पत्रिकालाई खबर नगरी आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म नेपाली नागरिकका रूपमा भारतीय कलेजको सञ्चालक समितिको चुनाव लडेको हुँ, म भारतीय भए सजाय भोग्न तयार छु ।’ त्यस्तो समाचार छाप्ने पत्रिकाविरुद्ध आफु कानुनी उपचारमा जाने चेतावनी पनि कँडेलले दिएका छन् । तर उनीविरुद्ध भारतमा परेको उजुरीको मिसिल नयाँ पत्रिकासँग सुरक्षित छ । 

त्यति मात्र होइन, उनले निर्वाचित भएपछि अध्यक्षका रूपमा शपथ खाँदै आफू ३३ कसैयारोड बेतियाहाता, जनपद, गोरखपुरनिवासी भएको भन्दै सो विवरण झुटो भए भारतीय कानुनअनुसार कारबाही भोग्न तयार रहेको कागजमा हस्ताक्षर गरेका थिए ।

तर, बुधबार आयोजित पत्रकार सम्मेलनमा भने उनले सो ठेगाना आफ्नो साथीको घर भएको र पत्राचारका लागि पनि मात्र उल्लेख गरेको बताए । गोरखपुरनिवासी भएको बताएर भारतमा सपथ खाएका कँडेलले यता पत्रकार सम्मेलन गर्दा भने सो ठेगाना साथीको घरमात्र भएको दावी गरेका छन् । यसरी उनले दुवै देशलाई अन्धकारमा राख्न खोजेका छन् । 

त्यतिमात्र होइन, ‘मुन्नाबाबु’ को रुपमा उनले भारतको स्वतन्त्रता दिवसमा भारतीय झण्डा नै पृष्ठभुमीमा राखेर शुभकामना दिने गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्