३१ असार २०८३, बुधबार

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

कात्तिक ७, २०७६
अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

बनेपा –तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरू गरेको छ । 

अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरण गरी मङ्गलबारबाट परिचयपत्र वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले जानकारी दिए । अहिलेसम्ममा विभिन्न वर्गका गरी ६४ जनाले पचियपत्र प्राप्त गरिसकेका छन् ।

परिचयपत्र प्राप्त गर्नेमा वडा नं १ सस्र्युंखर्कमा ‘ख’ वर्गका दुई, ‘ग’ वर्गका १२ र ‘घ’ वर्गका पाँच गरी १९ जना, वडा नं २ चुखामा ‘क’ वर्गका एक, ‘ख’ वर्गका नौ, ‘ग’ वर्गका १० र ‘घ’ वर्गमा चार गरी २४ जना, वडा नं ३ सरमथलीमा ‘क’ वर्गका एक, ‘ख’ वर्गका छ, ‘ग’ वर्गका तीन, ‘घ’ वर्गका एक गरी ११ जना र वडा नं ४ बोल्देमा ‘ख’ वर्गका तीन, ‘ग’ वर्गका चार र ‘घ’ वर्गका तीन गरी १० जना रहेका छन् । 

प्रत्येक वडा/वडामा नै पुगेर गरिएको विवरण सङ्कलनका आधारमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

यसखाले कार्यक्रमबाट अपाङ्गता भएकाहरुको वास्तविक स्थितिको पहिचान हुनुका साथै तिनको संरक्षण तथा उपचारमा सहजता आउने गाउँपालिका अध्यक्ष तामाङले बताए। जन्मजात वा प्राकृतिक तथा दैविक प्रकोपबाट भएको अपाङ्गताका आधारमा वर्गीकरण गरी परिचयपत्र दिने गरिएको गाउँपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्