२२ असार २०८३, सोमबार

डोल्पाको दुनैमा नेपाल लाइफको शाखा उद्घाटन

कात्तिक ८, २०७६
डोल्पाको दुनैमा नेपाल लाइफको शाखा उद्घाटन

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमबीच डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार शुरू गरेको छ ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले डोल्पाको दुनै शाखाको विधिवत् उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचतसमेत हुने बताए । देशव्यापी रुपमा जीवन बीमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पुर्‍याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आप्mनो सेवा पुर्‍याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद व्यक्त गरे ।

अध्यक्ष चापागाईले हिमाली जिल्लाको दूरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन सुझाए । अध्यक्ष चापागाईले बीमाको महत्त्वबारे हिमाली क्षेत्रका वासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बीमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तीब्रगतिले बीमा व्यवसाय विस्तार भइरहेको परिप्रेक्षमा एकतिहाइ बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बीमा व्यवसायलाई बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल भएको बताए । सफलता प्राप्त हुनुमा सबैको विश्वास र भरोसा रहेको बताउँदै विश्वास र भरोसा सदैव कायम राख्न नेपाल लाइफ हरपल लागि पर्ने प्रमुख कार्यकारी अधिकृत झाले प्रतिवद्धता व्यक्त गरे ।

नेपालका दूरदराजसम्म पनि सहज रुपमा बीमा सेवाको पहुँच पुर्‍याउन सकियोस् भनेर डोल्पाको दुनैमा शाखा विस्तार गरिएको र नेपालभर नै सेवाको विस्तार गर्ने लक्ष्य नेपाल लाइफको रहेको प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिए ।

करीब एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले आर्थिक वर्षको पहिलो ३ महिनामा जम्मा ७ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्