२६ असार २०८३, शुक्रबार

उद्योग  तथा वाणिज्य महासङघले कुरुवा घर निर्माण गर्ने

कात्तिक ९, २०७६
उद्योग  तथा वाणिज्य महासङघले कुरुवा घर निर्माण गर्ने

काठमाडौं –नेपाल उद्योग  तथा वाणिज्य महासङघले कान्तिबाल अस्पतालमा उपचार गर्न आउने बालबालिकाका अभिभावकलाई बस्न कुरुवा घर निर्माण गरिदिने भएको छ ।

यससम्बन्धी सम्झौतमा महासङ्घका अध्यक्ष भवानी राणा र अस्पतालका कार्यकारी निर्देशक डा आरपी विच्छाका बीच शुक्रबार सम्झौता भएको महासङ्घले जनाएको छ ।

कुरुवा घर के कति लागतमा निर्माण हुने भन्नेबारे महासङ्घले केही जनाएको छैन । 

महासङ्घका अध्यक्ष राणाले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत कुरुवा घर निर्माण गर्न सहयोग गरिएको हो  भनिन्।

अस्पतालमा निर्देशक डा विच्छाले अस्पतालको सेवालाई विस्तार गर्न लागिएको जानकारी दिँदै कुरुवाघर निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिए। 
 

salt training

कमेन्ट गर्नुहोस्