विश्व इतिहासमा अनौंठा अनौठा घटना हुने गरेका छन् । मानिसहरुको बसोबास भएका घरहरु एकाएक हराएका र मानिसहरु गायव भएका घटना भएका थिए ।

यस्तै एक घटना धेरै सयम अघि भएको थियो । कुनै सयमको प्रख्यात शहर नै एकाएक हराएपछि सवै मासिन अचम्ममा परेका थिए । तर वर्षौको खोज र अनुसन्धान पछि भने उक्त शहर फेला परेको थियो ।
हजारौँ वर्ष पहिले मध्य अमेरिकी देश होन्डुरसमा एउटा शहर थियो । उक्त समयमा त्यो सबैभन्दा धनी शहरुको चर्चामा रहेको उक्त शहर घना जंगल तथा पहाडको बीचमा रहेको अति नै सुन्दर थियो । तर एकाएक त्यो शहर त्यहाँबाट गायब भयो ।
किम्बदन्ती अनुसार उक्त सहरका बासिन्दाले शहरका देवता, जसलाई ‘मंकी गड’ भनिन्थ्यो उनको अपमान गरेछन् । त्यसपछि रिसाएका भएका मंकी गडले श्राप दिए । देवताको श्रापका कारण शहर एकै रातमा हरायो ।
इतिहासमा चर्चा गरिएको यो शहरको खोजी गर्ने प्रयास थुप्रै वर्ष देखि भइरहेका थिए ।
तर खोजी गर्न जादा पनि त्यसमा अनौठो भएको थियो । जो मानिस त्यो उक्त स्थानमा खोजीका लागि जान्थे उनीहरुमा छालाको समस्या देखा पर्दथ्यो । त्यसपछि उनीहरुको अनुसन्धान बीचै रोकिन्थ्यो ।
तर यसपटक भने नेशनल जियोग्राफी च्यानलका डग्लस प्रेस्टनको टोलीले उक्त शहर पत्ता लगाएरै छाड्यो । प्रेस्टनको टोलीले सन् २०१५ देखि नै मध्य अमेरिकाका घना जंगलहरुमा यो शहरको खोजी शुरु गरेका थिए ।
मोस्क्युटा जंगलमा हराइरहँदा प्रेस्टनको टोलीले केही यस्तो देख्यो की त्यसपछि उनीहरुमा आशाको किरण जन्मियो । जमिनमा मूर्तिहरुका केही संकेत देखिए ।
अन्ततः त्यहाँ उत्खनन गर्दा प्राचीन शहर रहेको तथ्य फेला पर्यो । त्यहाँ मंकी गडका केही मूर्तिहरु पनि फेला परे । यो सँगै लामो समय देखि हराएको रहस्यको शहर फेला परेको छ ।