२१ जेठ २०८३, बिहीबार

हिमानी र मनिषाको मित्रताः व्रतबन्धदेखि धुलिखेलसम्म

कात्तिक २०, २०७४
हिमानी र मनिषाको मित्रताः व्रतबन्धदेखि धुलिखेलसम्म
केही दिन यता अभिनेत्री मनिषा कोइराला नेपालमा रहेकी छिन् । नेपालमा आएको मौका पारेर मनिषा उपत्यकाबाट केही टाढा रहेको पर्यटकीय स्थल धुलिखेल पुगेकी छिन् ।
उनी धुलिखेल एक्लै भने पक्कै गएकी छैनन् । मनिषा पूर्व युवराज्ञी हिमानी शाह लगायत केही साथीसँग मिलेर धुलिखेलमा रमाइरहेकी तस्वीरहरु सार्वजनिक भएको छ । धुलिखेलमा रहेको द्धारिकाज रिसोर्टमा हिमानीसहित उनीहरुले रमाइलो गरेका छन् ।
क्यान्सर रोगबाट पीडित भएसँगै योगा र अध्यात्ममा समेत लागेकी मनिषा रुदाक्षमालामा देखिएकी छिन् ।
पूर्व राजपरिवारसँग निकट सम्बन्धमा रहेकी मनिषा पूर्व युवराज्ञी हिमानी पुत्र हृदयन्द्रको व्रतबन्धको लागि नेपाल आएकी हुन् ।
हृदयन्द्रको व्रतवन्ध केही दिन अघि भएको थियो भने भोज बिहीबार(भोलि) सोल्टी होटलमा हुँदै छ । यसअघि उनीहरु धुलिखेल पुगेका हुन् ।


salt training

कमेन्ट गर्नुहोस्