
सप्तरी – जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा मंगलवार राति १५ किलोको अजिङ्गर फेला परेको हो ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए ।
प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् । यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब ७ फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो ।