२९ असार २०८३, सोमबार

बेलायतमा डिसेम्बर १२ मा आमनिर्वाचन गरिने

कात्तिक १३, २०७६
बेलायतमा डिसेम्बर १२ मा आमनिर्वाचन गरिने

काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी डिसेम्बर १२ गते चुनावको मिति प्रस्ताव गरेपछि तल्लो सदन हाउस अफ कमन्सले त्यसको समर्थन गरेको छ । यसपछि उक्त मितिमा चुनाव हुने सम्भावना बढेर गएको छ । 

चुनावको पक्षमा ४३८ सांसदले भोट दिए भने विपक्षमा जम्मा २० भोट पर्‍यो । 

सन् १९२३ पछि पहिलोपटक डिसेम्बर महिनामा आमनिर्वाचन गराउन लागिएको हो । चुनावको भोलिपल्टै अर्थात् १३ डिसेम्बरमा परिणाम घोषणा गरिनेछ । 

प्रधानमन्त्री जोनसनले ब्रेक्जिट र देशको भविष्यका लागि जनताले विकल्प दिनुपर्ने बताए । 

चुनाव गराउने विधेयकलाई अब माथिल्लो सदन हाउस अफ लर्ड्स पठाइनेछ । 

आमनिर्वाचनमा ब्रेक्जिटका लागि नयाँ जनादेश प्राप्त हुने र अहिले चलिरहेको संसदीय गतिरोध अन्त्य हुने आशा जोनसनले गरेका छन् । संसदीय गतिरोधका कारण ब्रेक्जिटको समयसीमा लम्ब्याएर जनवरी ३१ पुर्‍याइएको छ । 

यसअघि जोनसन अक्टोबर ३१ सम्म ब्रेक्जिटका विषयमा अड्डी कसेर बसेका थिए । त्यसको समयसीमा अब नबढाइने उनले बारम्बार बताउँदै आएका थिए । तर सम्झौतारहित (नो डील) ब्रेक्जिटका लागि उनले सदनमा बहुमत प्राप्त गरेनन् र अनेकौं सांसद विपक्षमा उभिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्