काठमाडौं –जलवायु अभियन्ताले पाउने सम्मान ग्रहण नगरेपछि स्वीडेनकी १६ वर्षिया जलवायु अभियन्ता ग्रेटा थनबर्गको चर्चा चुलिएको छ । उनले मंगलवार पर्यावरण अर्वाड लिन अस्विकार गरेकी थिइन् ।
उनले जलवायु आन्दोलनका लागि अवार्डको कुनै आवश्यक नभएको बताउँदै आन्दोलनका लागि विज्ञानलाई सुन्न जरूरी भएको बताएकी छिन् । युवा जलवायु अभियन्ताको ‘फाइडेज फर फूचर’ मूभमेन्टमा लाखौं मानिस सहभागी भएका थिए ।
यस विषयलाई लिएर स्टोकहोममा नोर्डिक काउन्सिलले उनलाई सम्मानित गरेको थियो । थनबर्गको स्वीडेन र नर्वेमा आफ्नो कामका लागि चुनिएकी थिइन् ।
स्वीडेनको एक सञ्चारमाध्यमका अनुसार पुरस्कारको घोषणा भएपछि थनबर्गको प्रतिनिधिले दर्शकसँग उनले सो पुरस्कार स्विकार नगर्ने बताएका थिए ।
थनबर्ग अहिले अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमार्फत अर्वाडका लागि काउन्सिललाई धन्यवाद दिएकी छिन् । इन्स्टाग्राममा उनले लेखेकी छिन्, ‘क्लाइमेन्ट मूभमेन्टका लागि कुनै पुरस्कारको आवश्यकता पर्दैन । हाम्रो लागि आजको आवश्यकता यो हो कि, नेता तथा सत्ताामा रहेका व्यक्तिहरूले विज्ञानलाई सुनुन् ।'
सामाजिक सञ्जालमा अहिले उनको यो कदमको चर्चा चलिरहेको छ । एजेन्सी