२५ जेठ २०८३, सोमबार

जीप दुर्घटना हुँदा २३ यात्रु घाइते

कात्तिक १४, २०७६
जीप दुर्घटना हुँदा २३ यात्रु घाइते
फाइल फोटो

धादिङ – दक्षिणी धादिङको गजुरी गाउँपालिका–२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीवार ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जीप पल्टिँदा २३ जना घाइते भएका छन् ।

जीपमा ३० जना सवार रहेको बताइएको छ । कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ । थप विवरण आउन बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्