
काठमाडौं – बोइङ ७३७ विमानको ककपिटको शीशामा एउटा चरा ठोकिएपछि स्तब्ध बनेका पाइलटले फोन खसाएका छन् ।
पाइलटले ककपिटको शीशाबाट स्मार्टफोनमार्फत जमीनको तस्वीर खिचिरहेको बेलामा चरासँग विमान ठोकिएको हो ।
घटनाको फूटेजमा विमानमा चरा ठोकिएपछि विमान अलिकति देब्रे र दाहिने झुकेर अघि बढेको देखिन्छ ।
जेट एयरलाइनरसँग नठोकिनका लागि चरा अन्तै गएको भए पनि विमान सीधै चरामा ठोकिएको थियो ।
स्थानीय सञ्चारमाध्यम लाइफ डट् रु र न्यु९ डट् रुले उक्त घटनामा रुसी एयरलाइन संलग्न रहेको लेखे । पाइलटले फोन खसाएपछि रुसी भाषामा धत्तेरी भनेको उनीहरूले उल्लेख गरे ।
चरा ठोकिएपछि विमानको शीशा क्षतिग्रस्त भए नभएको स्पष्ट छैन । अनि उडान प्रभावित भए नभएको पनि स्पष्ट छैन ।
तल्लो अल्टिच्युडमा उडिरहेको बेलामा विमानमा चरा ठोकिने सम्भावना रहन्छ ।
एजेन्सी