०३ असार २०८३, बुधबार

किन भयो युवा संघ अध्यक्षको हत्या ?

कात्तिक २०, २०७४
किन भयो युवा संघ अध्यक्षको हत्या  ?
रूपन्देही, ५ पुस-एमाले भातृ संगठन युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ । देवदह–८ खैरनीस्थित आफ्नै घर नजिकै मोटरसाईकलमा हिडिरहेको बेला गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको उपचारको क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको हो ।durga tiwari

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीका अनुसार रातो पल्सर मोटरसाइकलमा आएक दुई व्यक्तिले तिवारीमाथि गोली हानी फरार भएका थिए, राजधानी दैनिकमा खबर छ । दायाँतर्फ पछाडिबाट हानिएको गोली छातीको अगाडि बायाँतर्फबाट बाहिर निस्किएको छ । देवदहमा ईट्टा व्यवसाय सञ्चालन गर्दै आएका तिवारीमाथि दिउँसो साढे तीन बजे देवदह ८ कोलीय बचत तथा सहकारी संस्थादेखि १ सय मिटर दक्षिणमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । देवदह नगरपालिक खैरेनीका ३८ वर्षीय तिवारी स्थानीय केविआइ इट्टा भट्टका सञ्चालक हुन । युवा व्यवसायी तिवारीलाई केहि महिनाअघि पनि आफ्नै भट्टामा बसिरहेको अवस्थामा तिवारीमाथि आक्रमण भएको थियो । तर, त्यतिबेला आक्रमणबाट बचेका थिए ।

सो घटनापछि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । तर घटना मुख्य नाईके मनोज राना पुन भने फरार रहेका थिए । यो घटना उनै मनोजले गराएको आशंका प्रहरीले गरेको छ । तिवारी र मनोजवीचमा लेनदेनमा विवाद भएको दावी प्रहरीको छ । तर सो घटना राजनीतिक हुनसक्ने आशंका पनि गरिएको छ । घटनापछि स्थानीय युवाहरूलाई समेत प्राइभेट नम्बरबाट फोन गरी मनोज पुन भन्ने व्यक्तिले धम्की दिने गरेको स्थानीयले जनाएका छन् ।

तिवारीको गोली प्रहारबाट मृत्यु भएपछि देवदहवासी त्रसित बनेका छन् । स्थानीय समाजसेवी ध्रुव खरेलले आफूलाई समेत प्राइभेट नम्बरबाट फोनमार्फत ज्यान मार्ने धम्की आएको बताए । पछिल्लो समय रूपन्देहीको सुरक्षा व्यवस्था कमजोर हुँदै गएको छ । दुई साता अगाडि सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि पनि गोली प्रहार भएको थियो । न्यौपाने भने गोली छल्दा बाँच्न सफल भएका छन ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले अन्य व्यक्तिहरुलाई धम्की दिएकोबारे आफूलाई जानकारी नआएको तर घटनामा मनोज पुनको संलग्नता हुनसक्ने आशंकामा खोजी कार्य भईरहेको बताए । गोली हानी हत्या गरिएका युवा संघ अध्यक्ष तिवारीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको बिरूद्ध रूपन्देहीमा जारी आन्दोलनमा अग्रभागमा रहेर अगुवाइ गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्