माघ २९, २०८०
बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...
कात्तिक १५, २०७६
काठमाडौं –बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको भल्भ तथा औषधिमा निकै ठूलो ठगी हुने गरेको पाइएको छ ।
उक्त अस्पतालद्वारा सञ्चालित फार्मेसीमा उपभोक्ता ठगेर अर्बौंको भ्रस्टाचार भइरहेको भनी परेको उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा यस्तो तथ्य भेटिएको हो ।
खरिद मूल्यमा ३३०० गुणासम्म थपेर औषधि विक्री वितरण गर्ने गरेको पाइएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
(उदाहरणका लागि १ रुपैयाँमा किनेको औषधि ३३ सय रुपैयाँ वा १ पैसामा किनेको औषधि ३३ रुपैयाँ विक्रीवितरण ।)
सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा ‘रोसुभास्टाटिन (२० एमजी)’ नामक लेस्टर/म्याग्नस ब्राण्डको औषधि खरिद मूल्यभन्दा ३३ सय गुणसम्म बढी बिक्री मूल्य तय गरी बिक्री वितरण गरेको पाइएको थियो ।जुन उक्त अस्पतालले नै जारी गरेको फार्मेसी व्यवस्थापन सम्बन्धी निर्देशिका, २०५९ को समेत ठाडो उल्लंघन हो ।
निर्देशिकाको दफा ४ उपदफा (१) मा भनिएको छ– 'हरेक औषधि एवं उपचार सामग्रीको विक्री मूल्य निर्धारण गर्दा औषधिको अधिकतम मूल्य (Maximum Retail Price) मा ५% कम गरी मूल्य निर्धारण गरिनेछ । खुद्रा मूल्य (एमआरपी) नतोकिएका सामान एवं औषधिहरूको हकमा खरिद मूल्यमा १६% थप गरी विक्री मूल्य निर्धारण गरिनेछ ।'
स्वास्थ्य मन्त्रालय र अस्पतालको निर्देशिका पनि बाझिने!
स्वास्थ्य मन्त्रालयले जारी गरेको अस्पताल फार्मेसी सञ्चालन निर्देशिका, २०७२ र शहीद गंगालाल हृदय केन्द्रले जारी गरेको फार्मेसी व्यवस्थापन सम्बन्धी निर्देशिका, २०५९ पनि एक आपसमा बाझिएको पाइएको छ ।
हेर्नुहोस्, २ निर्देशिकामा बाझिएको प्रावधान :
शहीद गंगालाल हृदय केन्द्रको फार्मेसी व्यवस्थापन सम्बन्धी निर्देशिका २०५९, दफा ४ उपदफा (१) –
'हरेक औषधि एवं उपचार सामग्रीको विक्री मूल्य निर्धारण गर्दा औषधिको अधिकतम मूल्य (Maximum Retail Price) मा ५% कम गरी मूल्य निर्धारण गरिनेछ । खुद्रा मूल्य (एमआरपी) नतोकिएका सामान एवं औषधिहरूको हकमा खरिद मूल्यमा १६% थप गरी विक्री मूल्य निर्धारण गरिनेछ ।'
स्वास्थ्य मन्त्रालयले जारी गरेको अस्पताल फार्मेसी सञ्चालन निर्देशिका २०७२ दफा ९–
'औषधि र औषधिजन्य पदार्थको विक्री मूल्य निर्धारण गर्दा यसको खरिद मूल्यमा २०% मा नबढाई विक्री मूल्य निर्धारण गरिनेछ । तर, यसरी वि मुल्य निर्धारण गर्दा अधिकतम खुद्रा मूल्य (Maximum Retail Price, MRP) भन्दा बढी हुनु हुँदैन ।'
सतर्कता केन्द्रको प्रतिवेदनमा बाझिएको हकसम्म निर्देशिका संशोधन गर्न र सेवाग्राहीलाई मर्का पर्ने गरी मनोमानी ढंगले निर्धारण गरिएको औषधिको मूल्य समायोजन गर्न निर्देशन दिन सुझाव दिइएको छ ।
मुटुको भल्भमा पनि दोब्बर मूल्य !
शहीद गंगालाल हृदय केन्द्रमा मुटुको भल्भको मूल्य पनि मनोमानी ढंगले तोकेको पाइएको छ, जुन कुरा सतर्कता केन्द्रको प्रतिवेदनमा नै उल्लेख छ ।
'शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ लाख ९३ हजार पर्ने Perimount (Edwards) नामक Biological भल्भलाई छानविन टोलीले टिचिङ अस्पतालको मनमोहन कार्डियोलोजीको फार्मेसीमा कति मूल्य पर्छ भनी बुझ्दा सोही कम्पनी कै Biological भल्भ नभएको र सोही प्रकारकै Medical भल्भको करीब १ लाख १० हजार पर्ने भनी मौखिक रूपमा जानकारी पाइयो,' प्रतिवेदनमा भनिएको छ ।
कम गुणस्तरको सामानलाई बढी मूल्य तिर्नुपर्ने बाध्यता अन्त्य गर्न सतर्कता केन्द्रले सरकारलाई सुझाव दिएको छ ।
'बिरामीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने औषधीजन्य उपकरणहरूको गुणस्तर तथा मूल्यको अनुगमन तथा नियमन गर्ने संस्थागत व्यवस्था प्रभावकारी नदेखिँदा सप्लायर्स तथा फार्मेसीहरूले आपसी मिलोमतो (Collusion) मा मनोमानी तरिकाले कम गुणस्तरीय उपकरणहरूलाई बढी मूल्य राखी सप्लाई गर्न सक्ने, जसबाट बिरामीहरूले यस्ता कम गुणस्तरीय उपकरणहरूलाई बढी मूल्य तिरेर किन्नुपर्ने बाध्यता रहने हुँदा विद्यमान संस्थागत व्यवस्थामा आवश्यक सुधार गरी प्रभावकारी तुल्याउन नेपाल सरकारलाई सुझाव दिन उपयुक्त हुने देखिन आयो ।'
बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...
संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसा...
बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आज मुद्दाको किनारा लाग्ने बताइएको छ । स...
खुलातर्फको माथिल्लो पदमा उम्मेदवार भई उत्तीर्ण गरी पदोन्नतिसहित नियुक्त भएमा ग्रेड समायोजन नहुने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सचिवस्तरीय निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च...
सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश पौडेललाई अदालतको स...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...