३० असार २०८३, मंगलबार

देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला, विप्लवको पार्टीले राखेको हुनसक्ने आशंका

कात्तिक १७, २०७६
देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला, विप्लवको पार्टीले राखेको हुनसक्ने आशंका

काठमाडौं – आइतवार बिहान देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।

बिहान कास्कीको पोखरा महानगरपालिका–२९ नयाँ तालचोकमा शंकास्पद वस्तु भेटिएको थियो । 

रातो कागजमा बेवारिएको अवस्थामा फेला परेको वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो । 

आइतवार बिहानै गोरखा आँबुखैरनी सडकखण्डमा पर्ने बडेखोला नजिकैको बीच सडकमै खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको छ । हँसियाहथौडा अंकित झण्डा समेत गाडिएकाले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले विस्फोटक पदार्थ राखेको प्रहरीले आशंका गरेको छ ।

आइतवार नै पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ । तीनै ठाउँमा भेटिएका शंकास्पद वस्तु निष्क्रिय गर्न प्रहरी र सेना पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्