काठमाडौं, २४ चैत– काठमाडौंमा बुधबारदेखि सुरु भएको नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को तेस्रो बैठकमा नेपालले सन् १९५० को सान्ति तथा मैत्री सन्धि परिमार्जनका लागि प्रस्ताव अघि सारेको छ ।
नेपालले १९५० को धारा २, ५, ६ र ७ समयसापेक्ष नभएको भन्दै परिमार्जन गर्नु पर्ने प्रस्ताव अगाडि सारेको हो । सन् १९५० जुलाई ३१ मा नेपाल र भारतबीच शान्ति तथा मत्रै सन्धि भएको थियो ।
सन्धिमा नेपालका तर्फबाट तत्कालिन श्री ३ महाराज मोहनशमशेर र भारतका तर्पबाट नेपालका लागि तत्कालिन राजदूत चन्देश्वरप्रसाद नारायण सिंहले हस्ताक्षर गरेका गिए । सन्धिनका विषयमा नेपाल र भारतबीच विवाद हुँदै आएको छ भने नेपालका राजनीतिक दलहरुले सन्धि खारेज गर्नुपर्ने मुद्दा उठाउँदै आएका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।