२९ जेठ २०८३, शुक्रबार

पार्टीकै शैलीमा राष्ट्रिय युवा संघले टुंग्यायो एकता, चुनावी अभियानमा होमिने

कात्तिक १७, २०७६
पार्टीकै शैलीमा राष्ट्रिय युवा संघले टुंग्यायो एकता, चुनावी अभियानमा होमिने

काठमाडौँ -सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन राष्ट्रिय युवा संघले प्रदेशबाहेक एकताका अन्य प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।

युवा संघको कात्तिक १६ गते बसेको बैठकले एकताका प्रक्रियाहरू टुंग्याएर मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मातृपार्टी नेकपाका उम्मेदवारलाई बिजयी बनाउने अभियानमा लाग्ने निर्णय गरेको हो ।

आइतवार संघका संयोजक रामप्रसाद श्रेष्ठ 'दीपशिखा' र सहसंयोजक रमेश पौडेलद्ले संयुक्त विज्ञप्ति जारी गरेर एकता प्रक्रिया टुंगिएको बताएका हुन् ।

संघले संगठनका सबै तहहरुमा साविकका दुवै संगठन वाईसीएल र युवा संगठनबाट एकको संयोजक र सहइन्चार्ज हुँदा साविकको अर्को संगठनबाट सहसंयोजक र इन्चार्ज हुने नीतिगत निर्णय गरेको हो ।

प्रदेश, जिल्ला, महानगर र उपमहानगरका इन्चार्ज तथा सह-इन्चार्ज भने केन्द्रीय समितिका सदस्यहरू रहने व्यवस्था छ ।

हेर्नुहोस् विज्ञप्ति -

salt training

कमेन्ट गर्नुहोस्