काठमाडौं, २४ चैत– हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेशिने गर्छन् । तर, सरकारी तथ्याङ्कनले देशभर जम्मा १० हजार मात्रै बेरोजगार देखाएको छ ।
श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्याङ्कअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो आँकडा आर्थिक वर्ष २०७३÷७४ को फागुन मसान्तसम्मको मात्रै हो ।
विभागले आफूमातहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रुपमा बेरोजगारको लगत संकलन गर्दै आएको छ । जसअनुसार फागुन महिनासम्म मात्र २ हजार ५ सय ५६ जना बरोजगारको तथ्याङ्क संकलन भएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।