
मेलम्ची – दोलखाको मागेदेउरालीबाट काठमाडौंतर्फ गइरहेको बस सुकुटेबाट सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अरु धेरै यात्रु घाइते भएका छन् । बिहान करीब १ बजे भएको दुर्घटनामा ३ महिला र १ बालक सहितको ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव निरीक्षक माधव काफ्लेले बताए ।
बस सुनकोशी नदीमा डुबेको छ । बसमा ४० जना यात्रु सवार रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यात्रुको उद्धारको काम भइरहेको छ ।