३० जेठ २०८३, शनिबार

सुनकोशी बस दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो, केही शवहरू खोलाले बगायो

कात्तिक १७, २०७६
सुनकोशी बस दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो,  केही शवहरू खोलाले बगायो

मेलम्ची –अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए। उनका अनुसार केही शवहरू खोलाले बगाएको छ ।

दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० बढी सवार रहेका थिए । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ ।

उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए। घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौं लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्