काठमाडौं – पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले म्याच फिक्सिङका विषयमा नयाँ खुलासा गरेका छन् ।
एकपटक एउटा बूकी आएर आफूलाई म्याच फिक्स गर्न भनेको उनले बताए । बूकीले १० लाख डलर, दुईवटा मर्सिडिज गाडी र लन्डनको फुलहाममा एउटा फ्ल्याटको अफर दिएको अख्तरले बताए । अख्तरले यो अफर स्वीकार गर्नुको साटो बूकीलाई ठटाएको बताए ।
उनले भने, ‘म पाकिस्तान टीममा परेर इंग्ल्यान्ड गएको थिएँ । एक बूकी मेरो कोठामा आयो । उसले म्याच फिक्सिङ गर्ने हो भने मालामाल गरिदिन्छु भन्यो । मैले उसलाई कोठामै पिटें ।’
पाकिस्तानका खेलाडीहरूमाथि म्याच फिक्सिङको आरोप लागिरहेको हुन्छ । यो अपराध भएको शोएबले बताए ।
एजेन्सी