काठमाडौं, २४ चैत - लेखक तथा साहित्यकार मीलन संग्रौलाको उपन्यास ‘पर्पला’ को बुधबार लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रममा गायिका रेखा शाहले गीत गाएर दर्शकलाई नचाएकी थिइन् ।

अभिनेत्री रीमा विश्वकर्मा, रेखा शाह, सुगम पोखरेल समेतको उपस्थिति रहेको कार्यक्रम सांगीतिक बनेको थियो । युवापुस्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा लेखक मीलन संग्रौलाले आफूले लामो समय लगाएर युवापुस्ताले रुचाउने खालको उपन्यास तयार गरेको बताएका थिए ।

कलेजका तीन पात्र बबिन, दिव्य र पर्पलाको कथामा आधारित उपन्यासमा युवा पाठकले पढ्दा आफूलाई कहीं न कहीं भेट्ने भएकाले पाठकको मन छुने बुकहिल पब्लिकेशनका भुपेन्द्र खड्काले बताए ।
उपन्यासलाई बुकहिल पब्लिकेशनले बजारमा ल्याएको हो । यसको मूल्य ३ सय १५ रुपैयाँ राखिएको छ ।