१९ असार २०८३, शुक्रबार

पानी कति पिउनु लाभदायक ?

कात्तिक २५, २०७६
पानी कति पिउनु लाभदायक ?

काठमाडौं –पानी हाम्रो शरीरको अत्यावश्यक पदार्थ हो । पानीको कमीले धेरै स्वास्थ्य समस्या देखिन्छ । 

शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने, एलर्जी र छाला रातो हुनेजस्ता समस्या देखा पर्न सक्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ । 

त्यसैले, दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि आवश्यक हुन्छ ।

एकैपटक बढी पानी पिउने गर्नु हुँदैन । यस्तो गर्दा मिर्गौलामा असर पर्न सक्छ । त्यसैले, केही समयको अन्तरालमा पानी पिउनु उपयुक्त हुन्छ । नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्