०१ साउन २०८३, शुक्रबार

कालापानी–सुस्ता समस्या समाधानका लागि सकारात्मक स्थिति बन्यो– अध्यक्ष प्रचण्ड

कात्तिक २५, २०७६
कालापानी–सुस्ता समस्या समाधानका लागि सकारात्मक स्थिति बन्यो– अध्यक्ष प्रचण्ड

काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएका सीमा समस्याको समाधान कूटनीतिक पहलमार्फत गरिने बताएका छन् ।

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले समितिको सोमवारको बैठकमा यस्तो बताएका हुन् ।

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायत नेपाली भूमि समेत परेपछि त्यसै सम्बन्धमा छलफल गर्न समितिको बैठक बसेको हो ।

समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बोलाइएपनि उनी स्वास्थ्यको कारण देखाउँदै उपस्थित भएनन् ।

बैठकमा प्रचण्डले भारतले नयाँ नक्सा जारी गर्दा लामो समयदेखि विद्यमान नेपाल–भारत सीमा समस्या समाधानका लागि सकारात्मक स्थिति बनेको दाबी गरे ।

नेपालका तर्फबाट भएका एकाधबाहेकका प्रधानमन्त्रीहरूको भ्रमणमा यस विषयमा कुरा उठ्ने गरेको प्रचण्डको जिकिर छ ।

'यो सीमासम्बन्धी समस्या लामोसमयदेखि नेपाल र भारत बीचमा छलफल हुँदै आएको विषय हो । नेपाल सरकारका तर्फबाट पटक–पटक भएको प्रधानमन्त्रीहरूको भारत भ्रमणमा यस विषयमा छलफल हुने गरेको हो,' प्रचण्डले भने ।

कालापानी र सुस्तामा देखिएको सीमा समस्याको कुरा प्रधानमन्त्रीहरूको जोइन्ट स्टेटमेन्टमा पनि उल्लेख हुने गरेको स्मरण उनले गराए ।

'पछिल्लोपटक आइपुग्दा धेरै ठाउँमा सीमाका सम्बन्धमा सहमति भएको छ, दुईवटा क्षेत्रमा अझै समाधान भएको छैन । कालापानी र सुस्ता समाधान नभएका सीमासम्बन्धी जटिल समस्या भनेर दुवैले भन्दै आएको कुरा हो,' प्रचण्डले भने, 'म प्रधानमन्त्रीको हैसियतमा दुईपटक राजकीय भ्रमणमा जाँदा पनि यी विषय उठेको र जति सहमति भयो सहमति भनेर टुंग्याउँ २ वटालाई बाँकी भनौं भन्ने विषयमा एकमत भएको थियो ।'

प्रचण्डले अहिले सीमा समस्या समाधानका सन्दर्भमा अभूतपूर्व एकता बनेको भन्दै खुशी व्यक्त गरे । अब को कता, को कता होइन सबै प्रो नेपाली भएको उनको टिप्पणी छ ।

salt training

कमेन्ट गर्नुहोस्