नेपाल र कुवेतबीचको खेल भूटानमा हुने

काठमाडौं – कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ ।

अखिल नेपाल फूटबल संघ (एन्फा)ले एन्फाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रंगशाला हुने तय भएको जनाएको छ ।


Advertisement

विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो होम खेलको रुपमा रहेको उक्त खेल यसअघि दशरथ रंगशालामा आगामी मंसिर ३ गतेका लागि तय भएको थियो । अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फूटबल महासंघ (एएफसी)ले एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएको थियो । 

एन्फाले नेपाल र कुवेतबीचको खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा गर्न एएफसीलाई सिफारिस गरेकामा उसले स्वीकृति दिएको एन्फाले जनाएको छ ।


Advertisement

दशरथ रंगशालामा २०७२ को भूकम्पका कारण पूर्णरुपमा क्षति भएको थियो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । छनोटको सबै ‘अवे’ खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । 

नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो । नेपालले चाइनिज ताइपेलाई २–० गोलले पराजित गरेको थियो । त्यसपछि नेपाल अस्ट्रेलियासँग ५–० तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो । 

कमेन्ट गर्नुहोस्