काठमाडौँ, २५ चैत- बिरामी तथा अन्य व्यक्तिले अस्पताललाई आत्महत्या गर्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन् । एक वर्षमा काठमाडौंका अस्पतालभित्र तीनजनाले आत्महत्या गरिसकेका छन् ।

चिकित्सकका अनुसार यस्ता घटना काठमाडौंका अस्पतालमा एक वर्षअघिसम्म सुनिँदैन थिए । पारिवारिक झगडा, मानसिक तनाव, आर्थिक अभावजस्ता कारणले अस्पतालमा आत्महत्या गर्ने गरेका छन्, नयाँ पत्रिकामा खबर छ ।
बिहीबार बिहान मात्रै राष्ट्रिय ट्रमा सेन्टरमा एक वृद्धाले आत्महत्या गरेकी छिन् । ६५ वर्षकी जयकला घर्तीमगरले सेन्टरको पाँचौँ तलाको झ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
पैसा तिर्न नसकेर बिरामीले आत्महत्या गर्ने घटना हुने गरेका भए पनि पछिल्लो समय आर्थिक अभाव र मानसिक तनावकै कारण बिरामीले आत्महत्याको बाटो रोज्ने गरेको चिकत्सकहरू बताउँछन् ।