२९ जेठ २०८३, शुक्रबार

बैंकमा लगानीयोग्य पुँजी अभाव

कात्तिक २८, २०७६
बैंकमा लगानीयोग्य पुँजी अभाव

काठमाडौं –२८ वाणिज्य बैंकले दैनिक औसत १ अर्ब २६ करोडभन्दा बढी कर्जा लगानी गर्दै आएका छन्।

चालु आर्थिक वर्षको साढे ३ महिनामा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपताबारे नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तर, यहीबीच बैंकले दैनिक ८० करोड रुपैयाँ मात्रै निक्षेप प्राप्त गर्न सकेका छन्।

बैंक तथा वित्तीय संस्थाको नियमन गर्न राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रले एक सय रुपैयाँ निक्षेप जम्मा गर्दा ८० रुपैयाँ मात्रै कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ। बैंकमा निक्षेप बढ्न नसकेका कारण यस्तो अवस्था आएको बैंकर बताउँछन्। ‘खाद्यान्न, गाडी, निर्माण सामग्रीदेखि उपभोग्य वस्तु आयातमा धेरै पैसा मुलुकबाट बाहिरिएको छ’, नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे भन्छन्। उनले परियोजनामा क्रमागत रकम जारी गर्ने गरी बैंकले कर्जा प्रतिबद्धता जनाउँदै आएकाले कर्जाको विस्तार बढी भएको बताए।

बैंकमा पैसा अभाव चर्किंदै गएपछि अधिकांश बैंकले थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था सिर्जना हुन थालेको छ। एनसेल, कर्मचारी सञ्चयकोष, ठूला परियोजनाका निक्षेप राख्ने बैंकबाहेक अधिकांशको कर्जा निक्षेप अनुपात उपल्लो सीमा नजिक पुगेको छ। यस्तो अवस्थामा ठूलो आकारमा निक्षेप फिर्ता भए केही बैंकलाई पैसा अभावको ठूलै संकट पर्नसक्ने बैंकर बताउँछन्।

पैसा अभाव चर्किएपछि बैंकले नयाँ कर्जा परिचालनमा सजगता अपनाउन थालेको बैंकरको भनाइ छ। यद्यपि, बैंकबीच हुने अन्तरबैंक कारोबारको ब्याजदरमा भने पुँजी अभावको छायाँ परेको छैन। यस्तो ब्याजदर ५ प्रतिशतसम्म पुग्नसक्ने भए पनि अझै २ प्रतिशतभन्दा तलै छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्