२८ जेठ २०८३, बिहीबार

मन्त्रिपरिषद् हेरफेरको तयारी, नेकपा सचिवालय बैठक बस्दै

मंसिर ४, २०७६
मन्त्रिपरिषद् हेरफेरको तयारी, नेकपा सचिवालय बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले तत्कालै मन्त्रिपरिषद् हेरफेर हुने स्पष्ट सङ्केत गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीले बैठकमा राखेको धारणा उद्धृत गर्दै भने, 'नयाँ कदम सोचिरहेको छु, त्यसका लागि मानसिक रूपमा तयार रहन सबैमा आग्रह गर्दछु ।'

एक हप्तादेखि मन्त्रिपरिषद् हेरफेरको समाचार आइरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीको ‘नयाँ कदम’लाई मन्त्रिपरिषद् हेरफेरको सङ्केतका रूपमा बुझिएको छ ।

मन्त्रिपरिषद्मा हेरफेरको विषयलाई लिएर दुई अध्यक्षबीच पटकपटक संवाद र छलफल भइरहेको छ । सोही विषयलाई लिएर बुधबार बिहान सचिवालय बैठक डाकिएको जनाइएको छ । सचिवालय बैठकपछि मन्त्रिपरिषद् हेरफेर हुनसक्ने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्