
हलिउड अभिनेत्री तथा मोडल पामेला एन्डरसनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेकी छिन्
। पामेलाले लेखेको पत्रमा विकिलिक्सका संस्थापक जुलियन असान्जलाई माफ गर्न अपिल गरिएको छ ।
पामेलाले ट्रम्प र उनकी पत्नी मेलेनिया ट्रम्पलाई सम्बोधन गर्दै लेखेको पत्रमा जुलियनलाई रिहा गर्न भनिएको छ । उनले पत्रमा चुनावको सिलसिलामा ट्रम्पले 'फ्री प्रेस'को कुरा गरेको पनि संस्मरण गराएकी छन् ।
केही वर्षपहिले विकिलिक्स वेबसाइटले अमेरिकी सरकारको गोप्य दस्तावेज सार्वजनिक गरेको थियो, जुन वेबसाइटका संस्थापक जुलियन असान्ज थिए ।
प्लेब्वाय मोडल रहिसकेकी पामेलाले लेखेकी छन्, 'तपाईं एक इमान्दार नेता हुनुहुन्छ । भ्रष्टाचार हटाउन जनताले तपाईंलाई चुनेका छन् । जुलियन असान्जलाई माफ गरिदिनुभयो भनेृ तपाईंलाई जनताले एक च्याम्पियनसरह याद राख्नेछन् ।'
पामेलाले जुलियनलाई रिहा नगरिए इमान्दार पत्रकारहरू सजायको डरले भ्रष्टाचारका घटना उजागर गर्न डराउने बताएकी छन् ।
स्मरण रहोस्, पामृलाले पहिले पनि जुलियन आफ्नो मन पर्ने व्यक्तिमध्ये एक रहेको खुलासा गरिसकेकी छिन् । केही समयपहिले दुवै इक्वेडरस्थित दूतावासमा लन्च गर्दै देखिएका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।