२६ असार २०८३, शुक्रबार

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री, प्रचण्डसँग बालुवाटारमा छलफल जारी

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री, प्रचण्डसँग बालुवाटारमा छलफल जारी

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा जुटेका छन् ।

अहिले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्षसमेत रहेका  ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल चलिरहेको बालुवाटार स्रोतले लोकान्तरलाई जानकारी दिएको छ । 

छलफलमा मन्त्रिपरिषद्मा हट्ने मन्त्रीहरू तथा नयाँ बन्ने मन्त्रीहरूबारे छलफल भइरहेको छ ।

छलफल सकेर ओली र प्रचण्ड दुवै राष्ट्रपतिसँगको परामर्शका लागि शितलनिवास जाने कार्यक्रम रहेको स्रोतले बतायो ।

यस्तै नेकपाले मन्त्रिपरिषद्कै बारेमा छलफल गर्न मध्यान्ह १२ बजे सचिवालय बैठक डाकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्