प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मौजुदा मन्त्रिपरिषद्मा हेरफेर भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पुर्नगठित मन्त्रिपरिषद्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी हृदयेश त्रिपाठीले पाएका छन । त्रिपाठीले मन्त्रिपरिषद्मा छैठौं बरियता पाएका छन ।
प्रधानमन्त्री ओली, उपप्रधामनन्त्रीद्वय इश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पछि छैठौं बरिष्ठ मन्त्री त्रिपाठी बनेका छन ।
यसअघि नेकपाका लालबावु पण्डित सामान्य प्रशासन मन्त्री थिए । तत्कालीन तमलोपाबाट अलग भइ प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहको तर्फबाट त्रिपाठी सूर्य चिन्हबाट चुनाव लडेका थिए ।
मन्त्रिपरिषद्को २५ औं नम्बरमा रामबिर मानन्धरको नाम छ । उनी शहरी विकास राज्य मन्त्री बनेका छन ।
शहरी विकास मन्त्री भने समाजवादी पार्टी नेपालका मोहम्मद इश्तियाक राई छन । नयाँ मन्त्रीको शपथ बिहीवार हुँदैछ ।