३० जेठ २०८३, शनिबार

वन मौरीको टोकाइबाट १ बालकको मृत्यु, ५ घाइते

वन मौरीको टोकाइबाट १ बालकको मृत्यु, ५ घाइते

वन मौरीको टोकाइबाट सर्लाहीको मलंगवा–७ मुसैलीमा १ बालककोे मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधवार साँझ वन मौरीले टोक्दा गणेश रायका ३ वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ ।

मौरीको टोकाइबाट रायकी पत्नी ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा ४ वर्षीय रविकुमार राय, स्थानीय २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि बुधवार राति साढे ९ बजे मलंगवा अस्पतालबाट वीरगञ्ज सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाइतेलाई मौरीले शरीरका विभिन्न भागमा टोकेको स्थानीय हरदास यादवले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्