३१ असार २०८३, बुधबार

हिसिला प्रकरणमा सरस्वती, शान्ता र मनिताको स्पष्टिकरण (पूर्णपाठसहित)

कात्तिक २०, २०७४
हिसिला प्रकरणमा सरस्वती, शान्ता र मनिताको स्पष्टिकरण (पूर्णपाठसहित)
काठमाडौं, २५ चैत– सरस्वती सुब्बा, शान्ता चौधरी र मनिता घिमिरेले एक अपिल जारी गरेर नयाँ शक्तिकी नेतृ  हिसिला यमीले दिएको अभिव्यक्ति सम्बन्धमा थप टिप्पणी गरेका छन् ।
निर्वाचन आयोग घेराउका क्रममा हिसिलाले ‘यो देशलाई खारेज गर्’ भनी नारा लगाएपछि सरस्वती, शान्ता, मनिता लगायतले ‘हिसिलालाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउ’ भनी सामाजिक संजालमा अभियान चलाएका थिए ।

यमीले दिएको अभिव्यक्ति सम्बन्धमा उनीहरुले जारी गरेको अपिलमा भनिएको छ– ‘देशलाई खारेज गर भनी दिइएको अभिव्यक्ति भाषिक समस्याका कारण आएको हो भनी मान्न सकिने कुनै तथ्यगत आधार देखिएको छैन । सामाजिक संजालमा आएका असामाजिक टिप्पणीलाई आधार बनाएर तथा त्यसको आड लिएर देशद्रोही अभिव्यक्तिको ढाकछोप हुन सक्दैन । यद्यपि हिसिलाले माफी माग्नुलाई भने हामीले ठिकै ठानेका छौं ।’


अपिल जारी गर्ने सरस्वती सुब्बा राष्ट्रिय भूमि अधिकार मञ्चकी महासचिव हुन् भने शान्ता चौधरी पूर्व सभासद तथा एमाले नेतृ हुन् । त्यसैगरी मनिता घिमिरे लेखिका एवं सुनसरी कांग्रेसकी नेतृ हुन् ।


अभियानसंगै  उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । तर अपिल जारी गर्नेहरुले भने आलोचना हुनुमा हिसिला स्वयं जिम्मेवार रहेको स्पष्टिकरण दिएका  छन् ।
अपिलमा भनिएको छ– ‘हामीले अभियान चलाएकै कारणले हिसिलाप्रति अमर्यादित टिप्पणी आयो भनी हामीमाथि विभिन्न कोणबाट लगाउन खोजिएको आरोपको हामी घोर भत्सर्ना गर्दछौं । हिसिलाले दिनुभएको अभिव्यक्तिको प्रतिक्रियास्वरुप आएको टिप्पणी, विरोध र आलोचनाका लागि उहाँ स्वयं जिम्मेवार हुनुहुन्छ । यसका लागि हामी तथा हामीले चलाएको अभियान जिम्मेवार हुन सक्दैन ।’Screen Captures2

‘हामीले चलाएको अभियान र हिसिला यमी उपर गरिएको असामाजिक टिप्पणीको कुनै सम्बन्ध छैन’, अपिलमा भनिएको छ, ‘हामीले देशभक्तिको पवित्र भावनाले ओतप्रोत भएर अभियान चलाएका हौं र जनविरोधपछि हिसिला यमी माफ माग्न बाध्य बन्नुभयो । हिसिला यमीप्रति असामाजिक टिप्पणी गर्नेहरु असामाजिक तत्व हुन् र यस्ता तत्वको देशभक्तिसँग कुनै सम्बन्ध हुन सक्दैन ।’ उनीहरुले त्यस्ता असामाजिक तत्वमाथि कारवाहीको माग समेत गरेका छन् ।
अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा चर्को विरोध भएपछि अभिव्यक्ति दिएको भोलिपल्ट साँझ हिसिलालो पत्रकार सम्मेलन गरेर आफ्नो अभिव्यक्तिप्रति माफी मागेकी थिइन् ।

सरस्वती सुब्बा, शान्ता चौधरी र मनिता घिमिरेको अपिल

नयाँ शक्तिकी नेतृ तथा पूर्व मन्त्री हिसिला यमीले ‘यो देशलाई खारेज गर’ भनी दिएको देशद्रोही अभिव्यक्तिपछि सामाजिक संजालमा अशिष्ट, असामाजिक र अमर्यादित सामग्री पोष्ट गर्ने, कमेन्ट गर्ने लगायतका गतिविधि बढिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

हिसिला यमीले ‘यो देशलाई खारेज गर’ भनी अभिव्यक्ति दिनु भएपछि हामी सरस्वती सुब्बा, शान्ता चौधरी र मनिता घिमिरे सहित धनराज गुरुङ, राजकुमार रेग्मी र देव लिम्बूले हिसिला यमीलाई गिरफ्तार गरी देशद्रोहमा कारवाही गराउन माग गर्ने अभियान थालनी गरेका थियौं । हामीले देशभक्तिको पवित्र भावनाले ओतप्रोत भएर अभियान चलाएका हौं र जनविरोधपछि हिसिला यमी माफ माग्न बाध्य बन्नुभयो । हिसिला यमीप्रति असामाजिक टिप्पणी गर्नेहरु असामाजिक तत्व हुन् र यस्ता तत्वको देशभक्तिसँग कुनै सम्बन्ध हुन सक्दैन ।

सामाजिक संजाललाई अरुको चरित्र हत्या गर्ने, अरुको सामाजिक प्रतिष्ठामा चोट पुराउने कार्यका लागि दुरुपयोग गर्ने प्रवृत्ति निकै ब्यापक भइरहेको छ । खासगरी महिलाको चरित्र हत्या गर्न तथा प्रतिष्ठा गिराउन सामाजिक संजालको दुरुपयोग भइरहेको तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं । यस्तो कार्य गर्नेलाई सरकारले कडा कारवाही गरोस् भनी जोडदार माग गर्दछौं ।

देशलाई खारेज गर भनी दिइएको अभिव्यक्ति भाषिक समस्याका कारण आएको हो भनी मान्न सकिने कुनै तथ्यगत आधार देखिएको छैन । सामाजिक संजालमा आएका असामाजिक टिप्पणीलाई आधार बनाएर तथा त्यसको आड लिएर देशद्रोही अभिव्यक्तिको ढाकछोप हुन सक्दैन । यद्यपि हिसिलाले माफी माग्नुलाई भने हामीले ठिकै ठानेका छौं ।

हामीले अभियान चलाएकै कारणले हिसिलाप्रति अमर्यादित टिप्पणी आयो भनी हामीमाथि विभिन्न कोणबाट लगाउन खोजिएको आरोपको हामी घोर भतर््सना गर्दछौं । हिसिलाले दिनुभएको अभिव्यक्तिको प्रतिक्रियास्वरुप आएको टिप्पणी, विरोध र आलोचनाका लागि उहाँ स्वयं जिम्मेवार हुनुहुन्छ । यसका लागि हामी तथा हामीले चलाएको अभियान जिम्मेवार हुन सक्दैन ।

उहाँ उपर गरिएको अमर्यादित टिप्पणीको विरोध गर्दै हामी पूर्ण सहानुभुति व्यक्त गर्दछौं र दोषी उपर कारवाहीको माग गर्दछौं । यसका साथै सामाजिक संजाललाई मर्यादित बनाउन सबैको योगदान आवश्यक रहेकोतर्फ पनि सबैको ध्यानाकर्षण गराउँदछौं ।

सरस्वती सुब्बा
शान्ता चौधरी
मनिता घिमिरे

salt training

कमेन्ट गर्नुहोस्