२९ असार २०८३, सोमबार

नवनियुक्त मन्त्री नेम्वाङलाई स्वागत गर्न महासेठ पनि पुगे मन्त्रालय

नवनियुक्त मन्त्री नेम्वाङलाई स्वागत गर्न महासेठ पनि पुगे मन्त्रालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका नवनियुक्त मन्त्री वसन्त नेम्वाङलाई स्वागत गर्न निवर्तमान मन्त्री रघुवीर महासेठ मन्त्रालयमै पुगेका छन् ।

मन्त्री नेम्वाङसँगै बसेर मन्त्रालयमा महासेठले स्वागत गरेका छन् । महासेठसँगै बसेका नेम्वाङले मन्त्रालयमा कार्यभार सम्हालिरहेका छन् ।

यसअघि निवर्तमान मन्त्री चक्रपाणि खनाल समेत नवनियुक्त मन्त्री घनश्याम भुसाललाई स्वागत गर्न मन्त्रालय पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार यातायात मन्त्रालयबाट महासेठलाई हटाएर नेम्वाङलाई नियुक्त गरेका थिए । बिहीवार राष्ट्रपति कार्यालय शितल निवासमा शपथ खाएपछि नवनियुक्त मन्त्रीहरू कार्यभार सम्हाल्न सिंहदरबार पुगेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्