१० साउन २०८३, आइतबार

गोकर्णलाई विस्थापित गरेका श्रममन्त्री भन्छन्– युवालाई विदेश जान रोक्छु !

गोकर्णलाई विस्थापित गरेका श्रममन्त्री भन्छन्– युवालाई विदेश जान रोक्छु !

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले स्वदेशमै रोजगारी सिर्जना गरेर युवालाई विदेश जानबाट रोक्ने बताएका छन् ।

मन्त्रीको शपथपछि बिहीवार अपराह्न मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री यादवले स्वदेशमा पर्याप्त रोजगारी नहुञ्जेल वैदेशिक रोजगारीमा भइरहेका विकृति रोक्ने बताए । 

‘वैदेशिक रोजगारीको व्यवस्थापन गनरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा हुँदैन,’ मन्त्री यादवले भने, ‘स्वदेशमै रोजगारी सिर्जना गरेर विदेश जाने युवालाई रोक्ने गरी काम गर्छु ।’ 

उनले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति अन्त्य गर्ने प्रतिबद्धता समेत जनाए । 

यअघिका श्रम मन्त्री गोकर्ण विष्टले गरेका राम्रा कामलाई निरन्तरता दिने उनले बताए । नयाँ मन्त्री आउनुअगावै गोकर्ण विष्ट मन्त्रालयबाट बिदा भएर ट्याक्सीमा घर फर्केका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्