२९ असार २०८३, सोमबार

आखिर किन उडाइयो अक्षय कुमारको खिल्ली

कात्तिक २०, २०७४
आखिर किन उडाइयो अक्षय कुमारको खिल्ली
बलिउड अभिनेता अक्षय कुमारले वेस्ट एक्टरको नेशनल अवार्ड जिते । आफ्नो फिल्म जीवनको २५ औं वर्षमा आइपुग्दा अक्षयले जितेको यो पहिलो अवार्ड हो ।
उनले ६४ औं राष्ट्रिय फिल्म अवार्डमा यो पुरस्कार हात पारेका हुन् । यसअघि उनलाई न कुनै फिल्मफेयर आवर्ड मिलेको थियो भने न कुनै राष्ट्रिय अवार्ड ।

पीटीआईको एक रिपोर्ट अनुसार केही समय अघि अक्षयले सायद आफू राष्ट्रिय अवार्ड पाउन योग्य नभएको बताएका थिए ।

तर सन् २०१६ को उनको फिल्म ‘रुस्तम’ले यसपटक उनलाई राष्ट्रिय पुरस्कारको हकदार बनायो ।
उनले अवार्ड जितेसँगै सामाजिक सञ्जालमा भने वबाल मञ्चिएको छ । मानिसहरुका अनुसा mयस वर्षको अवार्ड आमिर खानको फिल्म दंगलले पाउनु पर्थो ।

राष्ट्रिय पुरस्कारलाई लिएर हरेक वर्ष केही न केही विवाद हुने गरेको छ । मानिसहरुले सामाजिक सञ्जालमा यस्तो आक्रोश पोख्ने गरेका हुन् र यसको शिकार यसपटक अक्षय कुमार भएका हुन् । आमिर खानका फ्यानहरुले विशेषत आमिरले यो अवार्ड नपाएको आक्रोश पोखेको पाइएको छ ।

फिल्म रुस्तामले पुरस्कार पाएसँगै अक्षय कुमारले भने ट्वीटमा खुशी व्यक्त गरेका छन् । उनले अवार्डका लागि आफ्ना फ्यान्सका साथै निर्णयकलाई पनि धन्यवाद दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्