०६ साउन २०८३, बुधबार

हात्तीले बुद्धि लगाएर भत्कायो करेन्टयुक्त तारबार (भिडियो)

मंसिर १२, २०७६
हात्तीले बुद्धि लगाएर भत्कायो करेन्टयुक्त तारबार (भिडियो)

हात्ती जनावहरूमध्ये सबभन्दा बुद्धिमान् प्राणी मानिन्छ । उनीहरूको बुद्धिमत्ताको प्रमाण प्रस्तुत गर्ने भिडियोहरू सार्वजनिक भइरहेका हुन्छन् । 

अहिले भारतको उत्तराखण्ड वन विभागमा फरेस्टर रहेका पीएम धकटेले एउटा भिडियो ट्विटरमा शेयर गरेका छन् र भिडियोमा हात्तीको बुद्धिमत्ता देखिन्छ । 

धकटेले हात्तीको बुद्धिमत्ताको प्रशंसा गरेका छन् र भिडियो गजबको भएको प्रतिक्रिया दिएका छन् । 

४७ सेकेन्ड लामो भिडियोमा हात्तीले पहिला विद्युतीय तारबारमा करेन्ट चेक गर्छ । त्यसपछि उसले तारबारको काठे लट्ठा भत्काउन खोज्छ अनि एक विन्दुमा पुगेर मूढा उपयोग गर्छ । अन्ततोगत्वा ऊ तारबार भत्काउन सफल हुन्छ र जंगलमा हराउँछ । 

यो सब गर्दा हात्तीले आफूलाई सुरक्षित राख्छ । 

सोमवार शेयर गरिएको यस भिडियोले १० हजार भ्युज पाइसकेको छ । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्