११ साउन २०८३, सोमबार

महिला भलिबल : भारतसँग नेपाल सोझो सेटमा पराजित

मंसिर १२, २०७६
महिला भलिबल : भारतसँग नेपाल सोझो सेटमा पराजित

काठमाडौं- १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा नेपाली टोली भारतसामु निरीह देखिएको छ । 

बिहीवार दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा नेपाली महिला भलिबल टोली भारतसँग सोझो सेटमा पराजित भएको हो । 

पहिलो सेटमा टक्कर दिएपनि नेपाली टोलीले हार जोगाउन सकेन । पहिलो सेट २६-२४ मा सकिएको थियो । 

त्यस्तै दोस्रो सेटमा नेपाल फराकिलो अन्तरले पराजित भयो । दोस्रो सेटमा नेपाल २५-१२ ले पराजित भयो । 

तेस्रो सेट नेपालले २५-१६ ले गुमायो । 

बुधवार भएको पहिलो खेलमा नेपाली टोलीले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्