१९ असार २०८३, शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्पले अब चीनको विरोध नगर्ने !

कात्तिक २०, २०७४
अमेरिकी राष्ट्रपति ट्रम्पले अब चीनको विरोध नगर्ने !


पाम बिच, २६ चैत - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ छोड्नुभएको छ भने शुक्रबार चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तापछि उहाँहरूबीच उत्कृष्ट सम्बन्ध रहेको बताउनुभएको छ ।

फ्लोरिडाको मार–अ–लागो पर्यटनस्टलमा दुई नेताबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पसले चीनसँगको सम्बन्धमा ठूलो प्रगति हासिल भएको बताउनुभयो ।

उहाँले यस विषयमा वास्तवमै प्रगति भएको बताउनुभयो ।


अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचनमा चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको बताउँदै दण्डात्मक कर लगाएर बेइजिङलाई दण्ड दिने बताउनुभएको थियो ।

चिनियाँ राष्ट्रपति सीले पनि शिखर बैठक निकै महत्वपूर्ण भएको बताउँदै न्यानो आतिथ्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुभयो ।

बेइजिङका सबैभन्दा शक्तिशाली नेता राष्ट्रपति सीले अमेरिकी समकक्षीलाई चीन भ्रमणको निमन्त्रणा दिनुभएको र यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गर्नुभएको बताइएको छ । रासस/एएफपी

salt training

कमेन्ट गर्नुहोस्