०८ साउन २०८३, शुक्रबार

मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा हत्या गर्ने ४ जना पक्राउ

मंसिर १३, २०७६
मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा हत्या गर्ने ४ जना पक्राउ

कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई सार्वजनिक गरेको हो । 

अभियुक्त चारै जनाले घटना स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

पन्तको बिहीवार छिमेकीको मोटरसाइलमा बुवा विशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका–४ गोवरियास्थित सडकमा चारै जनाले दीपकसँग विवाद गरी कुटपिटसँगै चक्कु प्रहार गरेका थिए । पन्तले मोटरसाइकल ‘ओभरटेक’ गरेर अगाडि गएको निहुँ निकाल्दै आरोपीहरूले विवाद शुरू गरेका थिए ।

उपचारका क्रममा दीपकको भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु एक थान, से१प ३७७८ नम्बरको मोटरसाइकल र म३प १०७० नम्बरको स्कुटी बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्