२१ असार २०८३, आइतबार

थवाङमा अधिकांशको मत ‘नो भोट’ : १६.४% मात्रै मतदान

मंसिर १४, २०७६
थवाङमा अधिकांशको मत ‘नो भोट’ : १६.४% मात्रै मतदान

५ नम्बर प्रदेशको पहाडी जिल्ला रोल्पाको थवाङ गाउँपालिका–१ मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा अधिकांश मतदाताले ‘नो भोट’ अगाल्दै मतदानमा सहभागी जनाएनन् ।

वडाको उपनिर्वाचनमा जम्मा १६.४ प्रतिशत मात्रै मतदान भएको छ । 

रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार मतदानमा १ सय १२ पुरुष र ९७ महिला सहभागी भएका छन् । उनले कूल १६.४ प्रतिशत मत खसेको लोकान्तरलाई जानकारी दिए । मतदान शान्तिपूर्ण रुपमा भएको र दलहरूको सहमति अनुसार मतगणना गरिने जानकारी उनले दिए । 

कूल १ हजार २ सय ७४ मतदाता रहेकोमा २ सय ९ मत मात्रै खसेको छ । थवाङ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको आधार इलाकाका रुपमा परिचित छ । यसअघि विप्लवनिकट नेकपाका वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । 

विप्लव निकट उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि विप्लव नेकपा सशक्त बहिष्कारमा लागेको थियो । फलस्वरुप थोरै मत खसेको जनाइएको छ । वडाध्यक्षमा सत्तारुढ नेकपा र कांग्रेसको प्रतिस्पर्धा छ । 

salt training

कमेन्ट गर्नुहोस्